पाकिस्तानमा श्रीलंकाली क्रिकेट खेलाडीहरुमाथि आतंकवादी आक्रमण भएपछि श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेको नेपाल भ्रमण छोट्टिएको छ। उनी बुधबार बिहान पौने नौ बजे बुद्ध जन्मथलो लुम्बिनीका लागि सोल्टी होटलबाट विमानस्थल जाने कार्यक्रम रहेको थियो। त्यहाँबाट काठमाडौँ फर्किएर बुधबार मात्रै श्रीलंका फर्किने कार्यक्रम भए पनि विशेष परिस्थितिका कारण हिजै उनी स्वदेश फर्किए। पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टोलीमाथि लाहौरमा अज्ञात समूहले आक्रमण गर्दा कम्तिमा पाँच खेलाडी घाइते भएका छन् भने एस्कोर्टिङमा रहेका पाँच प्रहरी मारिएका छन्। आक्रमण पाकिस्तान कै मुस्लिम उग्रवादीहरुले गरेका हुन् कि श्रीलंकाका तमिल विद्रोहीहरुले गरेका हुन्, यकिन हुनसकेको छैन। आक्रमणको भिडियो हेर्न यहाँ क्लिक गर्नुस्। श्रीलंकाली राष्ट्रपतिको नेपाल भ्रमण छोट्टिने भएपछि सबैभन्दा खुसी काठमाडौँका बासिन्दा भएका छन्। हुन पनि हिजो र आज यहाँका बासिन्दाले उनको भ्रमणका क्रममा कम्ता दुःख पाएनन्।