Kantipur Forum - a real solution
WELCOME !!

Please Register, ask for assignment solutions & post the solutions if you know any.

LETS START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.



ASK FOR SOLUTION YOU WILL BE SATISFIED
HomeGalleryFAQSearchCalendarRegisterLog in

Share | 
 

 Agni Air crash at Makwanpur 24 August 2010

View previous topic View next topic Go down 
AuthorMessage
Formatted
Administrator


Number of posts: 386
Age: 24
Location: Kathmandu
faculty: Unknown
Points: 1061
Reputation: 5
Registration date: 2009-02-27

PostSubject: Agni Air crash at Makwanpur 24 August 2010    25th August 2010, 9:58 am

8th Bhadra 2067 Agni Air Accident at makwanpur


काठमाडौ, भाद्र ८ - चालक दल सहित १४ जना यात्रु बोकेको अग्नी एअरको ९ एन, एएचइ, डि २२८ डोनियर विमान मकवानपुरको शिखरपुर गाविस वडा नं २ वस्तीपुरको हारे स्कूलको चौर नजिक मंगलबार बिहान दुर्घटनाग्रस्त भएको छ । स्थानीयका अनुसार विमान टुक्रा-टुक्रा भएर छरिएको र विमानमा सबार सबैको मृत्यु भएको छ ।



काठमाडौंबाट विहान ७ वजेर ४ मिनेट जाँदा सोलुखुम्बुको लुक्ला उडेको १९ सिटे उक्त विमान मौसमको खराबीका कारण लुक्लामा अवतरण गर्न नसकी काठमाडौं फर्किदै थियो । चालक दलका तीन र यात्रु ११ जना विमानमा थिए । विहान साढे ७ बजे उक्त दुर्घटना भएको स्थानीयले बताएका छन् । विमान क्षतविक्षत भएकाले कोही पनि जिवितै नरहेको अनुमान गरिएको छ । अग्नी एअर अपरेशन कक्षका अनुसार विहान ७ बजेर ५ मिनेटमा उक्त विमान काठमाडौंबाट उडेको थियो । ११ जना यात्रु मध्ये ६ जना विदेशी नागरिक छन् । मृत्यु हुनेमा विमान चालक दलमा क्याप्टेन लक्ष्मणप्रताप शाह, सह–चालक सोफिया सिंह र परिचारिका सहारा शेर्पा छन् ।

त्यसैगरी यात्रुहरुमा नेपाली नागिरक पी शर्मा, पी भोटे, ए राई, एच रिजाल र पी अमागाईं रहेका छन् भने अमेरिकाका चार नागरिक क्रमशः सुश्री एल कार्डर्सो, सुश्री एच फिन्च, सुश्री के फलोन र सुश्री आई सेखेटस रहेका छन् भने बेलायतका टि जेरेमी र जापानका वाई हायाशी रहेका छन् ।

त्रिभुवन विमनस्थलको उद्धार कक्षले विहानदेखि विमान हराइरहेको पुष्टी गरेको छ । उक्त कक्षले विमान मकवानपुरको शिखरपुरमा दुर्घटनाग्रस्त भएको सूचना आएको र उद्धारकालागि घटनास्थल तर्फ हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको छ । तयारी अवस्थामा राखिएको हेलिकप्टर मौसम खराबीका कारण त्यसतर्फ जान सकेको छैन ।

विमान क्षतविक्षत भएर दुर्घटनाग्रस्त भएको स्थानीयले जानकारी दिएको छ । लगातार पानी परिरहेकोले उद्धार कार्यमा कठिनाइ भइरहेको छ । सिमरा विमानस्थलका अनुसार विमान हराइरहेको सूचना विहानै प्राप्त भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अन्य युनिटहरुबाट घटनास्थलतर्फ प्रहरी परिचालन गरिएपनि लगातारको वर्षा र खोलामा आएको बाढीले प्रहरी टोलीलाई त्यहाँ पुग्नमा कठिनाइ भइरहेको छ ।





Plane Accident, Air Crash, Crash Videos

_________________
START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.


Back to top Go down
View user profile http://tv.antnepal.com
 

Agni Air crash at Makwanpur 24 August 2010

View previous topic View next topic Back to top 
Page 1 of 1

Permissions in this forum:You cannot reply to topics in this forum
Kantipur Forum - a real solution :: Tea Break :: General Discussion :: News-
Jump to:  
Free forum | © phpBB | Free forum support | Contact | Report an abuse | Free forums