विमान हेर्दा यति एअरको जस्तो रङ्ग देखिन्छ, हैन ? अनि दुर्घटना हुँदा
यति एअरको विमान भनेर पनि सुरुमा समाचार आएको थियो। यसको रहस्य थाहा छ
तपाईँलाई ?
कुरा के भने नि विमान दुर्घटना भयो भने यात्रुहरु त्यो एअरलाइन्सको
विमान चढ्न मान्दैनन्/डराउँछन्। अस्ति भर्खर अग्नि एअरको विमान दुर्घटना
हुँदा एउटा टिकट किन्दा एउटा सित्तैमा दिन्छु भन्दा पनि दशैँतिर त्यसका
टिकट बेच्न ट्राभल एजेन्सीहरुलाई गाह्रो परेको थियो। त्यही भएर यति एअर र
बुद्ध एअरले नयाँ जुक्ति निकालेका छन्। कमाउ र चल्तीका रुटमा उडाउँदा
उडाउँदा थोत्रो भइसकेका विमानहरु अर्को एअरलाइन्सका नाममा पहाडतिर
उडाउँछन्। तारा एअर भनेको यति एअरलाइन्सका थोत्रा विमान चढाउने एअरलाइन्स
हो भने गुण एअरलाइन्स चाहिँ बुद्ध एअरको। दुवै एअरलाइन्सको म्यानेजमेन्ट
माउ एअरलाइन्सले हेर्छ।
Mysansar
_________________
START POSTING YOUR IDEAS AND THOUGHTS AND BUILD THE COMMUNITY OF EXPERTS.